Logo

२४ असार, काठमाडौं । नेपालमा महँगी दर (मुद्रास्फीति) मा उल्लेखनीय कमी आएको छ।

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, जेठ महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २दशमलव ७२ प्रतिशत मा झरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यो दर ४ दशमलव १७ प्रतिशत थियो।

समूहगत मुद्रास्फीति र तुलना

राष्ट्र बैंकका अनुसार, समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ० दशमलव ५४ प्रतिशत मात्र रह्यो, जुन अघिल्लो वर्षको ५दशमलव ८५ प्रतिशतभन्दा निकै कम हो। यसको विपरीत, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ९४ प्रतिशत रह्यो, जुन अघिल्लो वर्षको ३ दशमलव ९७ प्रतिशतभन्दा बढी हो।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गतका मुख्य उपसमूहहरूमा

घ्यु तथा तेलः१० दशमलव ०६ प्रतिशत

गैरमदिराजन्य पेय पदार्थः ५दशमलव १३ प्रतिशत

फलफूलः ३दशमलव ५१ प्रतिशत

दाल तथा गेडागुडीः २दशमलव ८५ प्रतिशत

तरकारीः ७ दशमलव ०४ प्रतिशत

मरमसलाः ३ दशमलव ०६ प्रतिशत

माछा तथा मासुः २ दशमलव ९१ प्रतिशत

गैरखाद्य तथा सेवा समूहअन्तर्गतका मुख्य उपसमूहहरूमा

विविध वस्तु तथा सेवाः ९ दशमलव ४३ प्रतिशत

कपडा तथा जुत्ताचप्पलः ६ दशमलव ८२ प्रतिशत

शिक्षाः ५ दशमलव ८८ प्रतिशत

फर्निसिङ तथा घरायसी उपकरणः ५ दशमलव ०६ प्रतिशत

सुर्तीजन्य पदार्थः ४ दशमलव ६८ प्रतिशत

क्षेत्रगत र प्रदेशगत मुद्रास्फीति

ग्रामीण क्षेत्रमा २ दशमलव ९० प्रतिशत र सहरी क्षेत्रमा २ दशमलव ६६ प्रतिशतले मूल्यवृद्धि भएको छ। प्रदेशगत रूपमा हेर्दा, कोशी प्रदेशको मुद्रास्फीति ४दशमलव १८ प्रतिशत र हिमाल क्षेत्रमा पनि ४ दशमलव १८ प्रतिशत रहेको छ, जुन सबैभन्दा उच्च हो।

अन्य प्रदेशहरूमाः

मधेस प्रदेशः २ दशमलव ५२ प्रतिशत

बागमतीः २ दशमलव २९ प्रतिशत

गण्डकीः १ दशमलव ७५ प्रतिशत (सबैभन्दा कम)

लुम्बिनीः २ दशमलव ३९ प्रतिशत

कर्णालीः २ दशमलव ५४ प्रतिशत

सुदूरपश्चिमः ३ दशमलव ८६ प्रतिशत

काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ७२ प्रतिशत, तराईमा २ दशमलव ५८ प्रतिशत, र पहाडमा २ दशमलव ४८ प्रतिशत रहेको छ।

यो तथ्यांकले नेपालमा समग्र मूल्यवृद्धि नियन्त्रणमा रहेको देखाउँछ, जसले उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार