Logo

२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन् ।

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई यस पदमा नियुक्त गरेका हुन् । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । उक्त सूचीमा प्रा.डा.दिपक अर्यालसँगै प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम समावेश थियो। यी तीनमध्येबाट प्रधानमन्त्री ओलीले प्रा.डा. अर्याललाई चयन गरेका हुन् ।

नव नियुक्त उपकुलपति अर्याल त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्। यसअघि प्रा।डा। केसरजंग बरालले चैत १५ गते राजीनामा दिएपछि त्रिविमा उपकुलपतिको पद रिक्त रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै