२५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा प्रा.डा. दिपक अर्याल नियुक्त भएका छन् ।
कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्याललाई यस पदमा नियुक्त गरेका हुन् । शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतामा गठित सिफारिस समितिले उपकुलपति पदका लागि तीन जनाको नाम सिफारिस गरेको थियो । उक्त सूचीमा प्रा.डा.दिपक अर्यालसँगै प्रा.डा. खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम समावेश थियो। यी तीनमध्येबाट प्रधानमन्त्री ओलीले प्रा.डा. अर्याललाई चयन गरेका हुन् ।
नव नियुक्त उपकुलपति अर्याल त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्। यसअघि प्रा।डा। केसरजंग बरालले चैत १५ गते राजीनामा दिएपछि त्रिविमा उपकुलपतिको पद रिक्त रहेको थियो।















