Logo

२५ असार, काठमाडौं । रसुवामा बाढीका कारण फसेका नागरिकहरूको उद्धारमा खटिएका सशस्त्र प्रहरी बलका सहायक हवल्दार विशाल थापा भिरबाट खसेर गम्भीर घाइते भएका छन् ।

गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धार कार्यका लागि २ नम्बर गुल्मबाट खटिएको २१ जनाको टोलीमा रहेका थापा १० मिटर तल खोँचमा खसेका हुन्। सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार उनको टाउको र घुँडामा चोट लागेको छ।

थापालाई प्राथमिक उपचारका लागि स्ट्रेचरमा हालेर टिमुरेतर्फ लगिए पनि उनको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर बोलाइएको छ। सेनाको हेलिकप्टरमार्फत उद्धार गरी उनलाई सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको डीएसपी थापाले जानकारी दिए ।


सम्बन्धित समाचार
भर्खरै