प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२८ असार, वीरगञ्ज । नेपाल र भारत दुवैतर्फ तस्करीमा बदनाम बनेको बाराको मुसहार्वा नाकाबाट हरेक दिन १० देखि १५ पोका लत्ता कपडा र चिनीको अवैध रुपमा ढुवानी भइरहेको खुलासा भएको छ। भारतबाट भन्सार छलि लयाईएका सामानहरु तस्करहरुले मुसहार्वा, ईटियाही, नकटुवा र प्रसौनी हुँदै जीतपुरसम्म पुर्‍याउने गरेको स्रोतले जनाएको छ ।

स्थानीय स्रोतका अनुसार, दैनिक विहान ४ बजेदेखि ८ बजेसम्म सीमाबाट ढुवानी भइरहेको छ। यति ठूलो मात्रामा नियमित तस्करी हुँदा पनि ईलाका प्रहरी कार्यालय नौतन यस विषयमा मौन बस्नुले गम्भीर प्रश्न खडा गरेको छ । नाकैमुनी तस्करी हुँदा पनि प्रसौनी प्रहरीको मौनता र निष्क्रियताले स्थानीयवासीमा शंका र असन्तोष बढाएको छ।

स्रोतका अनुसार, सीमाक्षेत्रमा सुरक्षा व्यवस्था कमजोर हुँदा तस्करहरू निर्बाध रुपमा सामान ओसारपसार गरिरहेका छन्। सुरक्षा निकायको मौनताले यसमा संलग्न व्यक्तिहरूको संरक्षण भइरहेको आशंका गरिएको छ। स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायसँग कडा निगरानी र तत्काल कारबाहीको माग गरेका छन्।


सम्बन्धित समाचार