Logo

३१ असार,काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रति तोला १ लाख ९३ हजार ३०० रुपैयाँ नै कायम भएको छ। यो मूल्य सोमबारको तुलनामा स्थिर हो। सोमबार छापावाल सुनको मूल्य आइतबारको तुलनामा ४०० रुपैयाँले बढेको थियो।

यसैगरी, चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले घटेर आज २ हजार २७५ रुपैयाँ कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज प्रतिऔँस सुनको मूल्य ३ हजार ३६३ अमेरिकी डलर निर्धारण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।


सम्बन्धित समाचार
भर्खरै