७ साउन, काठमाडौं । लामो समयको अन्योलपछि भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ फेरि संसद्को सम्भावित कार्यसूचीमा चढेको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरअनुसार आगामी शुक्रबार यो विधेयक अगाडि बढ्ने भएको हो । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् वा दफावार छलफल सदनमा गरियोस् र पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यो विधेयक यसअघि गत असार २५ गते पनि संसद्को कार्यसूचीमा थियो । तर, सत्तारूढ दल नेपाली कांग्रेसले विधेयकमा थप छलफल आवश्यक रहेको तर्क गरेपछि अगाडि बढ्न सकेको थिएन। त्यसयता संसद्को कार्यसूचीबाट बाहिरिएको यो विधेयक नयाँ क्यालेन्डरमा समावेश भएको हो ।















