१० साउन,वीरगञ्ज । वीरगन्जबाट प्रकाशित हुने ‘मधेस तेश्रो आँखा’ दैनिकको चौथो बार्षिकोत्सव आज सम्पन्न भएको छ । वीरगन्जको होटल गेटवे वीरगन्जमा भएको बार्षिकोत्सव समारोहको प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले पानसमा दीप बालेर उदघाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तिवारीले केही माफिया प्रवृत्तिका व्यक्तिहरुले क्यामेरा र मोबाईलको भरमा गरिएको पत्रकारिताले व्यावसायिक पत्रकारिता असुरक्षित रहेको बताए । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जराले सामाजिक सञ्जाल फेसबुकको भरमा गरिएका पत्रकारिताले सिंगो पत्रकारितामाथि चुनौती रहेको बताए ।
मधेस तेश्रो आँखा दैनिकका प्रबन्ध सम्पादक मूनेश लायो मगरको सभापतित्वमा भएको प्रेस सेन्टर नेपाल मधेस प्रदेशका अध्यक्ष नीरज पिठाकोटे, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सचिव दीपक गौतम, पर्सा अध्यक्ष ओमप्रकाश खनाल लगायतले शुभकामना मत्व्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण पत्रिकाका प्रधानसम्पादक गणेश ठकुरीले गर्नुभएको थियो । कार्यक्रममा पत्रिकालाई विभिन्न क्षेत्रबाट सहयोग गर्नेहरुलाई सम्मान समेत गरिएको थियो ।

















