प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१३ साउन,काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ६०० रुपैयाँले घटेको छ। आज सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुनको मूल्य १ लाख ९३ हजार ६०० रुपैयाँ कायम थियो।

यसैगरी, आज चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ। चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।


सम्बन्धित समाचार