Logo

१३ फागुन, वीरगञ्ज । बाराको कलैयामा जारी कलैया टि–२० मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वीरगञ्ज क्रिकेट क्लवले हात पारेको छ । कलैयाको सिद्देश्वर खेल मैदानमा भएको आजको अन्तिम खेलमा हेटौंडालाई २३ रनले पराजित गर्दै वीरगञ्जले उपाधि हात पारेको हो ।

आज भएको अन्तिम फाईनल खेलमा टस जितेर व्याटिङ गरेको वीरगञ्ज क्रिकेट क्लवले पूरै ओभर खेलेर ९ विकेटको क्षतीमा १ सय ४१ रन बनाएको थियो । वीरगञ्जका लागि कप्तान सुरज पटेलले ४९ रन बनाए ।

त्यस्तै नशिरुद्दिन अन्सारीले २१ र सम्साद मन्सुरिले नट आउटमा १७ रन जोडे । जवाफी ब्याटिङ गरेको हेटौंडा १९ ओभर ३ बलमा पूरै विकेट गुमाएर १ सय १८ रनमै समेटियो । हेटौंडाका लागि सुबर्ण भट्टले २८, सक्षम बास्ताकोटीले २५ रन र गौरव खड्काले २२ रन बनाएका थिए । आजको अन्तिम खेलमा वीरगञ्जका कप्तान सुरज पटेल म्यान अफ दि म्याच घोषित हुनुभएको थियो ।

त्यस्तै बलिङतर्फ कलैयाका तिर्थ राज दास बेस्ट बलर, उदयमान खेलाडितर्फ हेटौँडाका आशिष पोखरेल र प्रतियोगिताको म्यान अफ द सिरिज एवम् बेस्ट ब्याट्सतर्फ हेटौंडाका शुभ कन्सकार घोषित भएका छन् ।

बिजेता क्लबले नगद ६० हजार सहित कप र प्रमाणपत्र प्राप्त गरेका छन् । भने उपबिजेता टोलीले नगद ३० हजार सहित कप, मेडल प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक जट्टाशन्कर सरार्फले जानकारी दिनुभयो ।

दोश्रो हुने टोलीलाई बाल एकता क्याम्पसका रुपेश सरार्फले नगद ३० हजार उनीहरुलाई हस्तान्तरण गर्नुभएको हो । बिजेता एवम् उपबिजेता क्लबका खेलाडीलाई कलैया उपमहानगरपालिकाका नगर उपप्रमुख रौशन प्रविणले नगद, प्रमाणपत्र मेडल तथा कप प्रदान गर्नुभएको हो ।


सम्बन्धित समाचार