प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

काठमाडौँ। नेपाली सेयर बजारले आज करिब चार वर्षयताकै उच्च विन्दु कायम गर्दै लगानीकर्तामा उत्साह थपेको छ।

नेप्से परिसूचक ३० दशमलव ७६ अंकले बढेर ३००२ दशमलव ०७ को ऐतिहासिक विन्दुमा पुगेको छ। यो अंक २०७८ भदौ १३ यताकै उच्च हो। कारोबारका क्रममा दिउँसो १२ः१६ बजे नेप्से ३०२८ अंकसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च रेकर्ड (२०७८ भदौ २ गतेको ३१९८ अंक) भन्दा नजिक मानिएको छ।

कारोबारमा सामान्य कमी, तर उत्साह कायमै

आज १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यद्यपि, यो अघिल्लो दिनको १९ अर्ब ३६ करोड रुपैयाँको तुलनामा भने सामान्य कमी हो । हालसम्मकै उच्च कारोबार रकम गत साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँ रहेको थियो। कारोबार रकममा केही कमी आए पनि बजारको समग्र वृद्धिले लगानीकर्ताको मनोबल उच्च राखेको देखिन्छ।

कुन समूहमा कति वृद्धि?

आज १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको मूल्य घटेको छ। अन्य समूह सर्वाधिक २ दशमलव ५८ प्रतिशतले बढेको छ। त्यसैगरी, बैंकिङ १ दशमलव ३२, होटल तथा पर्यटन ० दशमलव ३२, हाइड्रोपावर ० दशमलव ४४, लगानी ० दशमलव ९४, जीवन बीमा ० दशमलव ७९, उत्पादन तथा प्रशोधन ० दशमलव ९८, माइक्रोफाइनान्स १ दशमलव ६९ र निर्जीवन बीमा १ दशमलव १२ ले बढेका छन्। यता, व्यापार ० दशमलव २५, विकास बैंक ० दशमलव ३६ र फाइनान्स ० दशमलव १२ ले भने घटेका छन् ।

उच्च वृद्धि हासिल गर्ने कम्पनीहरू

आज चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको उछाल आएको छ। ती कम्पनीहरूमा मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नाडेप लघुवित्त रहेका छन्। पछिल्लो समय लगातार वृद्धि भइरहेको नयाँ कम्पनी ट्रेड टावरको प्रतिकित्ता मूल्य ८६२ दशमलव ७० रुपैयाँ पुगेको छ भने सान्भीको मूल्य ७६९ रुपैयाँ पुगेको छ। यसका साथै, नेपाल वेयरहाउजिङको ८ दशमलव ०६, मायाखोलाको ७ दशमलव २१ र ग्रिन भेन्चर्सको ७ प्रतिशत मूल्य बढेको छ।

घट्ने कम्पनीहरू र धेरै कारोबार भएका कम्पनी

आज समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ८ दशमलव ६ ले घटेको छ। अन्य मूल्य घटेका कम्पनीहरूको गिरावट दर भने ३ प्रतिशतमुनि रहेको छ। धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन डिस्टिलरी, ग्रिन भेन्चर्स, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् रहेका छन् ।

 


सम्बन्धित समाचार