Logo

एप्रीसिएटिभ इन्क्वायरी एप्रोच (प्रसंशनीय खोज दृष्टिकोण) नेताको नेतृत्व शैली र जीवन रूपान्तरण गर्ने एउटा वैज्ञानिक, सजीव र सशक्त यात्रा हो। यस दृष्टिकोणले सबै तहका नेताहरुले आफ्ना व्यक्तिगत, सामूहिक र संस्थागत जीवनका अत्यन्तै उत्कृष्टता प्राप्त गरेका, सबै कुरा सम्भव लाग्थ्यो जस्तो लागेका समयका ऊर्जापुर्ण र उत्कृष्ट परिणाम प्राप्त भएको अवस्थाको खोज गरेर त्यस्ता उत्कृष्ट परिणाम र पलहरुको लेखा जोखा गर्न लगाउदछ र के कारणले त्यस्तो उत्कृष्टता हासिल गरिएको थियो भन्ने कारण पत्ता लगाउन उत्प्रेरित गर्दछ ।

एप्रीसिएटिभ इन्क्वायरी सकारात्मक मनोबिज्ञान, सामाजिक संरचनावाद र न्यूरोसाईन्समा आधारित दृष्टिकोण हो । यो दृष्टिकोणले नेतृत्वलाई समस्यामूलक सोचबाट सम्भावनापूर्ण सोचमा रूपान्तरण गराउँदछ । जब नेताहरुले आफ्ना सफलताका मूल तत्वहरू जस्तैः उद्देश्यप्रतिको प्रतिबद्धता, करुणा, रचनात्मकता र सहकार्य आदिका कारणहरु पहिचान गर्न सक्दछन तब उनीहरूले त्यो ऊर्जा भविष्य निर्माणमा प्रयोग गर्न सिक्दछन् र ‘अब के सम्भव छ?’ भन्ने सशक्त संवादको ढोका खोल्ने क्षमता बिकास गर्दछन ।

सबै तहका नेताहरुले बुझनै पर्ने कुरा के हो भने विगतका समस्याको विश्लेषण र व्याख्याले दोषारोपण, गाली गलौज र आरोप प्रत्योरोपको वातावरण वन्दछ भने विगतका सफलातको विश्लेषण र व्याख्याले सकारात्मक संवाद, सहकार्य, सयोग र भविष्यको लागि साझा दृष्टिकोणको निर्माण हुन्छ । यही नै एप्रिसिएटिभ ईन्क्वारीको मुल मान्यता हो । एप्रिसिएटिभ ईन्क्वारी हाल प्रचलनमा रहेका मोटिभेशनल प्रवचनहरु भन्दा बिल्कुल फरक छ । यो गहिरो संवाद, सहानुभूतिपूर्ण सुनुवाई, शक्तिशाली प्रश्न सोध्ने कला र साझा सपना सिर्जना गर्ने मनोबैज्ञानिक तथा प्रविधिको अभ्यास हो।

यस विधीका अभ्यासकर्ताहरु आफैंभित्र डुब्छन, सफल र सकारात्मक नेतृत्वको आत्मा खोज्दछन र प्रभावशाली नेतृत्वको रुपमा बिकास गर्ने नयाँ आत्मम ग्रहण गर्दछन । विज्ञानले के प्रमाणित गरिसकेको छ भने जब मानिसहरू आफ्ना सकारात्मक अनुभवहरूमा ध्यान दिन्छन्, मस्तिष्कको न्यूरोप्लास्टिसिटी सक्रिय हुन्छ र मानिसको व्यवहार, सोच र निर्णय क्षमता रूपान्तरण गर्दछ । एप्रीसिएटिभ इन्क्वायरी एप्रोचमा यही वैज्ञानिक शक्ति प्रयोग गरेर सहभागीहरूको आत्मविश्वास, संचार कौशल, र प्रेरणादायी नेतृत्वलाई उजागर गरिन्छ। यस एप्रोचको अभ्यास गर्नु भनेको आफ्नै जीवनभित्र रहेको अदृश्य सकारात्मक नेतृत्व शैली लाई पुनः जागृत गरेर आफुभित्र सुसुप्त अवस्थामा रहेको आजको विश्व परिवर्तन गर्न सक्ने शक्तिशाली नेतत्व क्षमताको प्रष्फुटन गर्नु। हो ।

आजको युगलाई अस्थिर,अनिश्चित, जटिल, र अस्पष्ट युग भनिन्छ। प्रविधिको तीव्र विकास, जलवायु परिवर्तन, विश्व राजनीतिमा अस्थिरता, सामाजिक मूल्यहरूको टकराव र आर्थिक संकटका कारण नेतृत्वका परम्परागत ढाँचाहरू विफल भएका छन । नेपालजस्तो विविधताले भरिएको, संक्रमणकालीन राजनीतिको सामना गरिरहेको देशमा अझ यस्ता चुनौतीहरू बहुआयामिक छन्। यस्तो समय व्यवस्थापन मूलक नेताले होइन, अनुकूलनशील, सहानुभूतिपूर्ण, र रूपान्तरणकारी नेताले नेतृत्व गर्नुपर्दछ । यस्तो नेतृत्वले अराजकतालाई समृद्धिको यात्रामा बदलेर जनताको बीचमा आशा, आत्मविश्वास र सम्भावनाको नयाँ चेतना ल्याउँदछ ।

स्मरण रहोस यस्ता नेतृत्व गुणहरू कुनै संयोगले आउँदैनन यस्तो क्षमता त विकास गर्नुपर्छ, अभ्यास गर्नुपर्छ, र वैज्ञानिक रूपमा बुझ्नुपर्दछ । भावनात्मक रूपमा ट्युन भई अरूको मन, भावना र मूल्यहरूसँग गहिरो रूपमा जोडिने, भावनात्मक बुद्धिमत्ता, सहृदयता र भविष्यदृष्टिमा विश्वास राख्ने र सोही अनुसारको व्यवहार गर्ने नेतृत्व नै आजको नेपालका सबै तहका सरकारहरु तथा संघ संस्थाहरुको लागि अति आवश्यक छ। नेपालमा परिवर्तन चाहने हजारौं युवा, शिक्षक, कर्मचारी, उद्यमी र समाजसेवीहरू छन् तर तिनीहरूलाई एकीकृत गर्ने, दिशा दिने, र सशक्त बनाउने नेतृत्वको अभाव छ।

यदि नेपालमा सकारात्मक दृष्टिकोण, सकारात्मक संचार क्षमता, सहकार्य प्रवर्धन गर्ने कला र साझा सपना देखाउने बौद्धिक र भावनात्मक नेताहरू भएको भए नेपाल केवल समस्या देखाउने र समस्या बेचेर सहोग माग्ने देशको बदला सम्भावना र सिर्जनशीलताको शक्ति बनेर विश्व समुदायमा दातृ राष्टको पहिचान बनाई सकेको हुन्थ्यो । त्यसकारण नेपालको आम पहिचानमा रुपान्तरण गर्न एप्रीसिएटिभ इन्क्वायरी एप्रोच नेपालाई तेश्रो विश्वको गरिब र पछौटे राष्टवाट पहिलो विश्वको समृद्ध राष्ट बनाउन सक्ने नेताहरू निर्माण गर्ने उत्कृष्ट अस्त्र हो ।

एप्रीसिएटिभ इन्क्वायरीको मूल आधार सकारात्मक अपवाद हो । यसले सफल अभ्यास र सकारात्मक तत्वहरू पहिचान गरेर त्यसलाई संस्थागत बनाउने प्रक्रिया सिकाउँदछ। जब सबै तहका नेपाली नेताहरुले आफना उत्कृष्ट सफलताका क्षणहरुलाई फर्केर हेर्दछन, त्यो सफलताको लेखाजोखा गर्दछन र ठूलो संकटमा पनि टिमलाई सहकार्यमा ल्याएको, जनतामा आशा जगाएको र अविश्वसनीय सकारात्मक परिणाम दिएका आफ्ना जीवनका उत्कर्ष क्षणहरूमा फर्केर हेर्दछन तब त्यस प्रक्रियाले नेतृत्वको आत्मिक शक्तिलाई पुनःजागृत गर्दछ र भविष्यको लागि केही उत्कृष्ट अपवाद गर्न सक्छु भन्ने विश्वास जागृत गराउँदछ ।

वैज्ञानिक रूपमा, यस्तो अभ्यासले मस्तिष्कको न्यूरोप्लास्टीसिटीलाई सक्रिय गरेर नयाँ व्यवहारिक मार्गहरू खोल्छ र पुराना यथास्थितीवादी र नकारात्मक सोचका ढाँचाहरू तोड्न मद्दत गर्दछ। विशेषगरी नेपालको जस्तो अस्थिर व्यवस्था र सबै तहका अधिकाँश नेताहरु पुरानै समस्यामै अल्झिरहेको अहिलेको अवस्थामा एप्रीसिएटिभ इन्क्वायरीले सकारात्मक दृष्टिकोणबाट समस्याहरुको समाधान खोज्ने र नयाँ अवसर सिर्जना गर्ने सशक्त उपाय दिन्छ।

नेपालका नेताहरूले एप्रीसिएटिभ इन्क्वायरीको अभ्यासबाट आत्मविश्वास, करुणा, उद्देश्य र प्रेरणाको स्रोतलाई गहिराइमा बुझ्न सक्दछन । एप्रीसिएटिभ इन्क्वायरीमा आधारीत नेतृत्व केवल रणनीति निर्माणमा मात्र सिमित हुदैन यो त मानव मुटु छुने संचारमा र समावेशी सोचमा केन्द्रित हुन्छ। जब कुनै नेता एप्रीसिएटिभ इन्क्वायरी मार्फत आफ्नो भित्री शक्ति पहिचान सफल हुन्छन तब उनी संस्थाको रणनीतिक दृष्टिकोणलाई र समग्र सामाजिक र सांस्कृतिक रूपान्तरणलाई पनि मार्गनिर्देशन गर्न सक्ने हैसियतमा पुग्दछन्। यस्तो वैज्ञानिक र व्यवहारिक अभ्यासले नेपालको शिक्षा, स्वास्थ्य, सरकारी सेवा, र निजी क्षेत्रमा क्रान्तिकारी रूपान्तरण सम्भव बनाउँदछ।

एप्रीसिएटिभ इन्क्वायरी एप्रोसको प्रमुख उद्देश्य नै सबै तहका नेताहरु वा अभ्यासकर्ताहरुको नेतृत्व क्षमताको भित्री तहसम्म प्रवेश गरेर नेतृत्व सिप, उद्देश्य, मूल्य, दृष्टिकोण र व्यवहारको एकीकृत रुपमा प्रवर्धन गर्नु हो । यो एप्रोचले नेताहरूलाई आफ्नो सोचलाई स्पष्ट पार्न, भित्री आवाजलाई सुन्न, र भावनात्मक एवं सामाजिक बुद्धिमत्ता विकसित गर्न प्रशिक्षण दिन्छ। देखावटी आडम्वर र बाहिरी शैली र एकदम सतही ज्ञानमा आधारित नेतृत्व भएको हाम्रो जस्तो देशमा यो एप्रोचले भित्री स्पष्टता, सहानुभूतिपूर्ण संवाद, र भावनात्मक अखण्डताको अभ्यास गराउँदछ र नेतृत्वलाई रुपान्तरणकारी सोच बिकास गर्न उत्प्रेरित गर्दछ ।

एप्रीसिएटिभ इन्क्वायरी एप्रोचको अर्को महत्वपूर्ण उद्देश्य नेतृत्वको अन्तरनिहित क्षमता अर्थात् नेतृत्व भित्र रहेको तर प्रष्फुटन नभएको नेतृत्वशक्तिको उजागर गर्नु हो। हामीले नेपालमा धेरै सक्षम व्यक्तिहरू देखेका छौं जसमा नेतृत्वको शक्ति छ तर उनीहरू आफैंले त्यस्तो पहिचान गरेर प्रष्फुटन गर्न नसकेका कारण ठुलो संभावना त्यसै खेर गईरहेको छ र स्थानीय देखी संघिय स्तर सम्मका संघ संस्थाले जुन सकारात्मक प्रभाव पार्न सक्नु पर्दथ्यो त्यो हुन सकिरहेको छैन । एप्रीसिएटिभ इन्क्वायरी एप्रोचले यस्ता व्यक्तिहरूलाई आत्म–नेतृत्वको स्तरमा लगेर नेतृत्वलाई सजीव अभ्यासको रूपमा ग्रहण सिकाउँदछ । यस्तो अभ्यासले उनीहरूलाई समाज, संस्था र राष्ट्रका लागि एक प्रेरणादायी रुपान्तरणकर्ता बनाउँदछ।

एप्रीसिएटिभ इन्क्वायरीको सबैभन्दा सशक्त पक्ष भनेकै जीवनदायी उर्जाहरुको खोज हो । जुन क्षणहरूमा कुनै व्यक्ति वा संस्था सबैभन्दा जीवित, सशक्त र रचनात्मक महसुस गदर्थे त्यो नै उनिहरुको सकारात्मक रुपान्तरणको आधार हो । के कारणले उनिहरु त्यस्तो अद्धितिय अवस्थाको महशुश गर्दथे भन्ने कुरा नै जीवनदायी उर्जा हो । जीवनदायी उर्जा खोजको यस्तो अभ्यासले केवल आत्म–साक्षात्कार मात्र गराउँदैन, नेतृत्वकर्ताको दृष्टिकोणमा मौलिक परिवर्तन पनि ल्याउँदछ। जब नेपालका सरकारी कार्यालय, संघसंस्था, शिक्षा प्रणाली वा स्वास्थ्य सेवा क्षेत्रहरुमा दैनिक रुपमा एप्रीसिएटिभ इन्क्वायरीको प्रयोग गरीन्छ तब सम्भावना, प्रेरणा र नवप्रवर्तनको चक्र सुरु हुन्छ र समग्र देश सकारात्मक रुपान्तरणको मार्गमा तीब्रताका साथ अगाडी बढ्दछ ।

जब नेतृत्वकर्ता आफ्ना सफलता भरिएका क्षणहरू सम्झन्छन् र साझा गर्छन्, त्यसले संस्था भित्र मनोबैज्ञानिक सुरक्षा, पारस्परिक विश्वास र उद्देश्यप्रतिको स्वामित्व सिर्जना गर्दछ । नपाल जस्तो प्रणालीमा नभई प्रायः व्यक्तिमा केन्द्रित संगठनहरू भएको देशमा एप्रीसिएटिभ इन्क्वायरीमा आधारीत संस्कारले सकारात्मक रुपान्तरणमा महत्वपुर्ण भुमिका खेल्दछ । एप्रीसिएटिभ इन्क्वायरी अभ्यासले संस्थागत सोच र साझा स्वामित्वलाई पुनःस्थापित गरेर दिगो, व्यापक र समावेशी रुपान्तरण सम्भव बनाउँदछ । एप्रीसिएटिभ इन्क्वायरी एप्रोचका अभ्यासकर्ताहरुले नेतृत्व संरचनाको विस्तृत ज्ञान सिकेर चार आयामहरुलाई जस्तैः बौद्धिक स्पष्टता, सम्वेदना, कार्यान्वयन,संकटमा सम्भावना देख्ने शक्तिलाई एकीकृत रुपमा अभ्यासलाई गर्दछन ।

यो एप्रोच एक प्रकारको संवेगात्मक बौद्धिक प्रयोगशाला हो, जहाँ अभ्यासकर्ताहरुले ध्यानपुर्व सुन्ने, शक्तिशाली प्रश्नहरु सोध्ने, सपना देख्ने, रणनीतिक संरचना र सकारात्मक र प्रेरणादायी कथामा आधारित मार्गदर्शन जस्ता सिपहरु व्यवहारीक रुपमा नै अभ्यास गरेर यी सबै कुराहरुको महत्व बुझ्दछन । नेपालका उद्यमी, शिक्षक, सरकारी अधिकारी, वा सामाजिक अभियन्ताहरू जसले नेतृत्वलाई गहिराइमा बुझ्न चाहनेहरुको लागि यो एप्रोचको अभ्यास उत्कृष्ठ अवसर हो । जब नेताले नेतृत्वलाई संवाद, सुनुवाई र साझा भविष्य निर्माणको अभ्यासको रूपमा बुझ्न थाल्दछन् तब मात्र उनीहरू आफ्नो क्षेत्रमा परिवर्तन ल्याउन सक्षम हुन्छन्। यस्ता नेताहरुले मात्र संगठन वा समुदायमा नयाँ सम्भावनाको ढोका खोलेर परिवर्तनलाई योजना र चेतनाको अभ्यास बनाउँदछन ।

एप्रीसिएटिभ इन्क्वायरीको बारेमा ज्ञान नभएका प्रायजसो नेताहरु वा ब्यक्तिहरु समस्यामूलक सोच, दोषारोपण, र प्रतिक्रियात्मक नेतृत्वको चक्रभित्रै सीमित रहन्छन्। उनीहरुले गर्दै आएको यस्तो उनीहरुलाई नेतृत्वको सकारात्मक पक्षको गहिराईमा पुग्द दिदैन र कुनै पनि समस्याको दीर्घकालीन समाधान खोज्न सक्दैनन । नेतृत्व भनेको त लक्ष्य निर्धारण गरेर मानिसहरूको ऊर्जा, भावना र आशालाई एकत्रित गर्ने कला हो । त्यस्तो कला बिना, नेपालजस्ता मुलुकमा परिवर्तन केवल नारामा मात्र सीमित रहन्छ। एप्रीसिएटिभ इन्क्वायरीले संस्थाको साझा सपना निर्माण, विश्वासको वातावरण सिर्जना, र साझा स्वमित्व बढाउने अभ्यास गराएर नयाँ सिप सिकेर नयाँ सम्भावनाको मार्ग खोज्न सिकाउँदछ । नेपालको नेतृत्व पंक्तिमा गहिरो परिवर्तन ल्याउन चाहने हरेक व्यक्तिले यो एप्रीसिएटिभ इन्क्वायरीको ज्ञान सिकेर आफैंलाई समृद्ध बनाउनुपर्दछ र पुराना सोचलाई तिलाञ्जली दिनु पर्दछ ।

एप्रीसिएटिभ इन्क्वायरीको प्रभावकारिता केवल भावनामामात्र नभई वैज्ञानिक प्रमाणमा पनि आधारित छ। यो सकारात्मक मनोविज्ञान, न्युरोसाईन्स अफ चेन्ज, सामाजिक संरचनावाद जस्ता विश्वप्रसिद्ध सिद्धान्तहरूमा आधारित रहेको छ । यी सिद्धान्तहरूले मानिस समाधान खोज्न भन्दा सम्भावनाको खोजमा जाँदा बढी प्रतिवद्ध, प्रेरित र नवप्रवर्तनशील हुन्छन भन्ने कुरा प्रमाणित गरेका छन । नेपालको सन्दर्भमा कुरा गर्दा यहाँको नेतृत्वमा परिवर्तनको लागि र प्रतिवद्धता र प्रेरणाको अभाव देखिन्छ त्यसकारण यस्ता वैज्ञानिक प्रविधिहरूको प्रयोग अत्यन्तै महत्वपूर्ण हुन्छ। जब नेपाली नेताहरूले ज्ञानमा आधारीत नेतृत्व, सकारात्मक रुपान्तरणका कथा, सकारात्मक ढाँचा जस्ता प्रविधिको अभ्यास गर्दछन तब उनीहरूको सोच, संचार र निर्णयमा गुणात्मक परिवर्तन आउँदछ। एप्रीसिएटिभ इन्क्वायरी एप्रोचले तिनै वैज्ञानिक तत्वहरूलाई नेपाली अनुभवसँग मिसाएर, व्यवहारमा उतार्ने माध्यम दिन्छ।

एप्रीसिएटिभ इन्क्वायरी एप्रोचको अभ्यासपछि सहभागीहरू आफ्नो नेतृत्व व्यवहारमा साँच्चिकै परिवर्तन महसुस गर्दछन । उनीहरूले बैठक सञ्चालन गर्दा देखी नै सबैको दृष्टिकोण सुन्ने, सम्मान गर्ने र सामूहिक निर्णयको अभ्यास गर्न शुरु गर्दछन । उनीहरूको सोच अब समस्या–केन्द्रित नभई सम्भावना–केन्द्रित हुन्छ र सकारात्मक उर्जाको प्रवाह हुने हुँदा उनीहरूको ऊर्जा, स्पष्टता र टिमसँगको सम्बन्धमा उल्लेखनीय परिवर्तन आउँदछ । यस्तो नेतृत्व केवल आन्तरिक सुधारमा मात्र सिमित नभई संस्थागत संस्कारमा समेत नयाँ लय ल्याउँदछ ।

नेपालका सरकारी संस्था, विद्यालय, सहकारी वा निजी फर्महरू जहाँ एप्रीकिो सएटिभ इन्क्वायरी अभ्यास भइसकेको छ, त्यहाँ संवाद, सहकार्य, सामुहिक स्वामित्व र नवप्रवर्तनको संस्कार बिकास भएको देख्न थालिएको छ। यस्तो तालिम लिने सहभागीहरूले केवल “कसरी संस्था चलाउने?“ भन्ने मात्र सिक्दैनन्, “किन संस्था चलाउने?“ भन्ने गहिरो प्रश्न पनि आत्मसात् गर्दछन । यिनले संस्थामा उद्देश्य, मूल्य र समर्पण पुनस्र्थापित गर्दछन र दिगो परिवर्तनको आधार निर्माण गर्दछन।

एप्रीसिएटिभ इन्क्वायरी एप्रोच आजको नेपालजस्तो संक्रमणकालीन, अनिश्चित र सम्भावनायुक्त राष्ट्रका लागि अत्यावश्यक नेतृत्व उपकरण हो। यो तालिमले नेताहरूलाई आफ्नो नेतृत्वलाई गहिरो उद्देश्य, सकारात्मक ऊर्जा र साझा दृष्टिकोणमा पुनर्संरचना गर्न उत्प्रेरित गर्दछ । यो कौशल विकाससँगै नेतृत्वको जागरण गर्ने चेतनाको परिवर्तन पनि हो ।
नेपाल अहिले परिवर्तनको दोबाटोमा छ र यस्तो बेला यस्तो तालिम कुनै विकल्प नभई राष्ट्र निर्माणको आवश्यकता हो। यदि हामीले सबै तहमा शिक्षित, भावनात्मक रूपमा समृद्ध र भविष्यप्रति उत्तरदायी नेताहरू निर्माण गर्न सक्यौं भने, नेपाल सुशासन, समृद्धि तथा नवप्रवर्तनको नयाँ परिभाषा बनाउने देश बन्न सक्दछ। एप्रीसिएटिभ इन्क्वायरी एप्रोच त्यसै नेतृत्व निर्माणको आधारशिला हो जहाँ परिवर्तन रणनीति होइन, संस्कार हुन्छ । थप जानाकारीको लागि www.myerips.org


सम्बन्धित समाचार