Logo

१४ साउन, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा हिजो बाटोमा चिप्लिएर लड्दा दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा परी नमोबुद्ध नगरपालिका–७ सिमडाँडाकी ५० वर्षीया एककुमारी राउत र बेथानचोक गाउँपालिका–५ गोखौलीका ६० वर्षीय सेतेमान भोलनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार एककुमारी राउत बारीबाट घाँस बोकेर घर फर्कँदै गर्दा बाटोमा एक्कासी चिप्लिएर गम्भीर घाइते भएकी थिइन् ।

उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । त्यसैगरी, सेतेमान भोलन स्थानीय डेरीमा दूध पुर्‍याउन जाने क्रममा लडेर टाउकोमा गहिरो चोट लागेको थियो। उनलाई काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ।

 


सम्बन्धित समाचार