प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१८ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपालको सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च गिरावट आएको छ।

आज नेप्से ६३ दशमलव ७३ अंकले घटेर २८५८।९० अंक मा झरेको छ। यस गिरावटसँगै बजारले २७८० देखि २९०० सम्मको महत्त्वपूर्ण ‘सपोर्ट जोन’ तोडेको छ। बजारमा नेप्सेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। आज १३ अर्ब ७ करोड ५० लाख रुपैयाँ को कारोबार भएको छ, जुन अघिल्लो दिनको १५ अर्बभन्दा कम हो।

कारोबारमा आएका कुल कम्पनीमध्ये जम्मा १६ वटा कम्पनीको मूल्य बढेको छ भने २३३ वटा कम्पनीको मूल्य घटेको छ। यसले बजारमा अत्यधिक बिक्री चाप रहेको संकेत गर्छ।

सबै समूहमा गिरावट

आज बजारका सबै समूहका परिसूचक घटेका छन्। अन्य र माइक्रोफाइनान्स समूहमा ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने बैंकिङ, जीवन बीमा, इन्भेस्टमेन्ट र उत्पादनमूलक कम्पनीको सूचक पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ। कारोबार रकमका आधारमा नेपाल पुनर्बिमा कम्पनी ९७५ करोड ३९ लाख०, हिमालयन रिइन्स्योरेन्स ७१ करोड ५५ लाख र हिमालयन डिष्टिलरी ५८ करोड ८२ लाख अगाडि रहेका छन्।

आज ट्रेड टावर र शिवश्री हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको छ भने सान्भी इनर्जी र समता घरेलु लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ।


सम्बन्धित समाचार