प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

३० साउन, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुनको मूल्य आज प्रतितोला ६०० रुपैयाँले घटेको हो । आज छापावाल सुनको मूल्य १ लाख ९६ हजार २०० रुपैयाँ कायम भएको छ। बिहीबार यसको मूल्य १ लाख ९६ हजार ८०० रुपैयाँ थियो। त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रति तोला २ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज घटेर २ हजार ३१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुन र चाँदी दुवैको मूल्यमा कमी आएको महासंघको भनाइ छ।


सम्बन्धित समाचार