Logo

१७ फागुन,बारा ।बाराको पोतामा भोलिदेखि प्रथम वडाध्यक्ष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजक डुमरवाना बिकास मञ्चले पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका–१३ मा हुने प्रतियोगिता फागुन २० गते सम्म चल्ने छ । प्रतियोगिताको बिजेता र उपबिजेताले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । बिजेता टोलीले नगद ८० हजार र उप बिजेता टोलीले ४० हजार रुपँैया प्राप्त गर्ने प्रतियोगिता संयोजक एवम् डुमरवाना बिकास मञ्चका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक टिम, मनहर्वा भलिबल टिम, पोता भलिबल टिम, मिलन चौक भलिबल टिम, जगुवा भलिबल टिम, मकवानपुर भलिबल टिम, नवलपुर भलिबल टिम, सर्लाही भलिबल टिम, ए.पि.एफ पिलुवा, ए.पि.एफ महोत्तरी, रौतहट भलिबल टिम, सिन्धुली भलिबल टिम, बसतपुर भलिबल टिम र महोत्तरी भलिबल टिम गरी १४ टिमको सहभागिता हुनेछन् ।

प्रतियोगितामा वडा कार्यालयले सहयोग गरेकाले प्रतियोगिताको नाम वडाध्यक्ष भलिबल प्रतियोगिता राखिएपनि देशका विभिन्न ठाउँबाट टिमको सहभागिता रहने आयोजक टिमका प्रमोद चौधरीले जानकारी दिनुभयो । प्रतियोगितामाा राष्ट्रिय रेफ्री हिमाल के.सि. लगायत ३ जना रहने उहाँले बताउनुभयो ।

 


सम्बन्धित समाचार