Logo

{“editType”:”image_edit”,”data”:{},”exportType”:”image_export”,”tiktok_developers_3p_anchor_params”:”{“client_key”:”aw889s25wozf8s7e”,”picture_template_id”:””,”source_type”:”vicut”,”capability_name”:”retouch_edit_tool”}”,”pictureId”:”EF6E340F-E847-4832-A929-004C3BD72F5F”,”source_type”:”vicut”}

३ भदौ, काठमाडौं । नेपालका दुई प्रमुख दल, नेकपा एमाले र नेपाली कांग्रेस, दुवैले आज आकस्मिक बैठक बोलाएका छन्।

नेकपा एमालेले केहीबेरमा बस्नेगरी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बोलाएको छ। बैठकको एजेन्डाबारे केही खुलाइएको छैन। भोलि बुधबार प्रतिनिधि सभाको बैठक बस्नुअघि एमालेले आकस्मिक बैठक बोलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसैगरी, नेपाली कांग्रेसले पनि आज पदाधिकारीको बैठक बोलाएको छ जुन सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा जारी छ। कांग्रेसले पनि आफ्ना सांसदहरूलाई बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सिंहदरबारमा उपस्थित हुन निर्देशन दिएको छ। यद्धपी, एमाले –कांग्रेस दुबै दलको ठोस छलफलको विषय भने बाहिरिएको छैन ।


सम्बन्धित समाचार
भर्खरै