३ भदौ, काठमाडौं । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने प्रयासमा रहेका कांग्रेस र एमालेले आफूहरूसँग कुनै छलफल नगरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले बताएको छ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उक्त विषयमा आफूहरूलाई आधिकारिक जानकारी नभएको स्पष्ट पारेकी छन्। उपसभामुखलाई हटाउनका लागि संसदको दुई तिहाइ मत आवश्यक पर्छ। कांग्रेस र एमालेका सांसदहरूको संख्या जोड्दा १६७ पुग्छ, तर पनि दुई तिहाइ पुर्याउन उनीहरूलाई साना दलको साथ अनिवार्य छ।
संसदमा ४ सिट रहेको नाउपा र ६ सिट रहेको जनमत पार्टी लगायतका साना दलहरूले यसबारे कुनै निर्णय लिएका छैनन्। यसले गर्दा उपसभामुख हटाउने अभियानमा कांग्रेस र एमालेलाई थप चुनौती देखिएको छ।















