Logo

३ भदौ,काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्ता गठबन्धनको बैठकमा उपमहासचिव रेखा यादवलाई पठाएका छन्।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार बनाउने तयारी भइरहेका बेला जसपाले बैठकमा आफ्नो प्रतिनिधि पठाएको हो।

उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी

यसैबीच, नेपाली कांग्रेस र नेकपा एमाले मिलेर उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन हस्ताक्षर सङ्कलन गरिरहेको बताइएको छ। उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएकी थिइन्।

हाल सत्ता गठबन्धनको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा बसिरहेको छ। बैठकमा सरकार गठन, सत्ता बाँडफाँड र अन्य राजनीतिक विषयमा छलफल भइरहेको छ।


सम्बन्धित समाचार
भर्खरै