Logo

४ भदौ,काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन गर्न तत्काल निर्वाचनको माग गरेको छ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै समितिको कामलाई अगाडि बढाउन सभापतिको निर्वाचन अविलम्ब गर्न आग्रह गरेका हुन् ।

‘राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचन अविलम्ब गरेर समितिको काम अगाडि बढाउन सभामुखलाई हार्दिक आग्रह गर्छु’ पाण्डेले भने। यसै क्रममा उनले कुलिङ अफ पिरियड’ छेडखानी प्रकरणमा संसदीय विशेष छानबिन समितिले बुझाएको प्रतिवेदनलाई पनि तत्काल कार्यान्वयन गर्न माग गरे।


सम्बन्धित समाचार