प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

४ भदौ, जनकपुरधाम  । रौतहटको गौर नगरपालिका–५ स्थित गौरीशंकर कलेज अगाडि छुरा प्रहारबाट एक २२ वर्षीय युवकको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार यमुनामाई गाउँपालिका–५ का सहाबुद्दीन मियामाथि आज दिउँसो करिब २ः४० बजे छुरा प्रहार भएको हो।

प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार कलेज अगाडिको क्षेत्रमा भएको विवादका क्रममा सहाबुद्दीनमाथि छुरा प्रहार गरिएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई तत्कालै प्रादेशिक अस्पताल गौर पु¥याउने प्रयास गरिए पनि बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट छुरा प्रहार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्ने व्यक्ति गौर नगरपालिका–३ का मनोज राम रहेको पुष्टि भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी छ भने पक्राउ परेका मनोज राममाथि कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ।


सम्बन्धित समाचार