Logo

५ भदौ, काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद ९जबज० माथि पार्टीभित्रबाटै कटाक्ष र हमला भएको आरोप लगाएका छन्।

मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो अभिव्यक्ति दिएका हुन्।

उनले जबजलाई ‘शान्त तलाउमा डुङ्गा चलाएजस्तो सलल नबगेकोु विचारका रूपमा चित्रण गरे। यो विचार अनेक प्रतिकूलता, आँधी र तुफानसँग जुधेर स्थापित भएको हो,’ उनले भने, ‘जबजको प्रारम्भमा यसलाई दक्षिणपन्थी अवसरवादी भनेर आरोप लगाइयो, र पछिल्लो समय पनि यो विचारमाथि पार्टीभित्रैबाट अनेक ढङ्गले हमला र कटाक्ष गर्ने काम भयो।

पोखरेलले जबजलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको जगमा नेपालको सन्दर्भमा विकसित गरिएको लोकतान्त्रिक विचारको रूपमा व्याख्या गरे। उनले मदन भण्डारीको योगदानलाई आम नेपाली जनता र विश्व रङ्गमञ्चमा पुर्‍याउने उद्देश्यले कार्यालय स्थापना गरिएको बताए।

अन्तमा, उनले जबजको पक्षमा उभिनेहरूले सधैं चुनौतीहरूको सामना गर्न तयार रहनुपर्ने चेतावनी पनि दिए, अन्यथा दुर्घटना हुन सक्ने बताए।


सम्बन्धित समाचार