प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

९ भदौ, काठमाडौं । नेपालको सेयर बजारमा लगानीकर्ताको उत्साहजनक सहभागिता देखिएको छ।

पछिल्लो एक वर्षको अवधिमा सेयर धितो कर्जा (मार्जिन लोन) मा ५० अर्ब रुपैयाँले वृद्धि हुनुले यसलाई पुष्टि गरेको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को तथ्यांक अनुसार, सेयर कर्जाको कुल रकम १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५६ प्रतिशतको वृद्धि हो ।

यो वृद्धि विशेषगरी ठूला लगानीकर्ताहरूमा केन्द्रित रहेको देखिन्छ। १ करोड रुपैयाँभन्दा माथिको कर्जा ७६.९ प्रतिशतले बढेर ९८ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। यसले ठूला लगानीकर्ताहरूले थप पूँजी परिचालन गरी बजारमा लगानी बढाएको संकेत गर्छ ।

राष्ट्र बैंकको कडा नियमन र जोखिम न्यूनीकरणका उपायहरूका बाबजुद पनि कर्जा प्रवाहमा भएको यो वृद्धिले सेयर बजारप्रति लगानीकर्ताको बढ्दो विश्वासलाई उजागर गरेको छ। यद्यपि, बैंकहरूले सेयरको ७० प्रतिशतसम्म मात्र कर्जा दिन पाउने, एक वर्षको कर्जा अवधि तोकिएको र केही विशेष कम्पनीका सेयरमा मात्र कर्जा दिन पाइने जस्ता नियमहरूले बजारलाई व्यवस्थित बनाउन सहयोग पुगेको छ।

यसरी लगानीकर्ताको मनोबल बढ्नु र वित्तीय संस्थाको कर्जा प्रवाहमा सुधार आउनुले समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 


सम्बन्धित समाचार