Logo

९ भदौ, काठमाडौं । नेपाली महिलाहरूको महान् चाड तिजको पूर्वसन्ध्यामा नेपाली सुन बजारमा सामान्य गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छ। यद्यपि, सोही अवधिमा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर २ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्यमा आएको यो सामान्य गिरावटलाई बजार विश्लेषकहरूले ‘करेक्सन’ का रूपमा लिएका छन्। लामो समयदेखि लगातार बढिरहेको मूल्यमा चाडपर्वको मागअनुसार केही समायोजन भएको उनीहरूको भनाइ छ। तिजजस्ता चाडपर्वमा सुनचाँदीको कारोबार बढ्ने भएकाले यो गिरावटले उपभोक्तालाई केही राहत मिल्नुका साथै बजार थप चलायमान हुने व्यवसायीहरूको अपेक्षा छ।


सम्बन्धित समाचार