Logo

२० फागुन, बारा । जनकल्याण बहुउदेश्यीय सहकारी संस्था लिमिटेड जीतपुरले होलि मिलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले जीतपुर स्थित आफनो कार्यालयमा एक कार्यक्रमको आयोजना गरी होलि मिलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका बिच संस्थाका प्रबन्धक सन्तोष यादबले फागुन १९ गते सम्म संस्थामा भएको गतिबिधिको बिषयमा जानकारी गराएका थिए । संस्थाले चालुआर्थिक बर्षमा करिब ७० लाख रुपैया नाफा आर्जन गरेको प्रबन्धक यादबले जानकारी दिनुभयो । कार्यक्रमको औपचारिक उद्घाटन पानसमा बत्ती बालेर राष्ट्रिय सहकारी बैँक सिमराका सह प्रबन्धक नरेश महराले गरेका थिए ।

सह प्रबन्धक महराले राष्ट्रिय सहकारी बैँकले गर्नलागेको सम्ममानमा उत्कृष्ट सहकारीमा जनकल्याण पर्न सफल भएको जानकारी दिएका थिए । राष्ट्रिय सहकारी बैँकले धितो वा बिना धितो सहकारीहरुलाई ऋण प्रदान गर्ने गरेको बताउँनुभयो । जनकल्याणको कारोबार वा गतिबिधिबाट प्रभाबित भएर बिना धितो ऋण प्रदान गरेको बताउँनुभयो ।

संस्थाको उपाध्यक्ष गणेशजी प्रसाद साहले बिभिन्न बैँक ,लघुबित्त तथा सहकारीको ऋण लिएर ऋण नतिर्ने गलत प्रथाको सुरुवात भएकोमा दुख ब्यक्त गर्नुभयो । ऋण र बचत एक अर्कासँग सम्बन्धित भएकाले एकमा असरपर्ने बित्तिकै अर्को स्वतः रुपमा प्रभाबित हुने बताउँनुभयो । जसको चपेटामा सिङ्गो देशको अर्थतन्त्र पर्ने बताउँनुभयो ।

संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह प्रबन्धक आत्माराम अधिकारीले गर्नुभएको थियो ।कार्यक्रममा संस्थाका सचिव कपिलदेव प्रसाद यादब ,कोषाध्यक्ष किरण प्रकाश गिरी ,सदस्य मुन्नी देबी न्यौपाने ,बिद्या महर्जन ,लेखा सुपरिवेक्षण समिती संयोजक श्याम कृष्ण सुबेदी ,सदस्य कल्पना थापा मगर,शिक्षा प्रमी केशब तिमलसिना लगायतको उपस्थित रहेको थियो । जनकल्याण बहुउदेश्यीय सहकारी संस्थामा ५ सय ४५ जना पुरुष र ५ सय १२ पुरुष सदस्य गरी १ हजार ५७ जना शेयर सदस्यहरु रहेका छन् । जसमध्ये ३ सय १९ जनाले संस्थाबाट ऋण लिएका छन् ।

 


सम्बन्धित समाचार