प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

९ भदौ, काठमाडौं । लगातार तीन दिनसम्म ओरालो लागेको शेयर बजारमा आज बल्ल सुधार आएको छ।

साताको दोस्रो दिन, सोमबार नेप्से परिसूचक २१ अंकभन्दा धेरैले बढेर २७६१.२६ विन्दुमा पुगेको छ। यसले लगानीकर्ताहरूलाई केही राहत मिलेको छ। आज दिनभरमा ५ अर्ब ७५ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । धेरै कम्पनीका शेयरको भाउ बढ्यो। कुल १७९ कम्पनीको शेयर मूल्य बढ्दा ७१ कम्पनीको मात्रै घटेको छ ।

आजको बजारमा नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। कारोबार रकमको हिसाबले भने नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अगाडि रह्यो, जसको ७६ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो।


सम्बन्धित समाचार