९ भदौ, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त हुने भनी यसअघि गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरेसँगै मनाङ प्रदेशसभा क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने बाटो खुलेको छ।
सर्वोच्चको पूर्णपाठ नआएका कारण यसअघि निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय गर्न सकेको थिएन। सर्वोच्चको पूर्णपाठ सार्वजनिक भएपछि अब आयोगले यसको अध्ययन गरी उपनिर्वाचनको मिति तोक्ने तयारी गरेको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पूर्णपाठ अध्ययनपछि आवश्यक निर्णय लिइने बताएका छन्। यससँगै, यसअघि रिक्त रहेको रुपन्देही३ लगायतका क्षेत्रमा हुने उपनिर्वाचनसँगै मनाङमा पनि उपनिर्वाचन हुने सम्भावना बढेको छ।
फैसलाको पूर्णपाठ















