Logo

२० फागुन, बारा । नेकपा एमालेको मिसन ग्रसरुट अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ मा भेला आज फत्तेपुरमा सम्पन्न भएको छ । भेलाले ग्रासरुट अभियानलाई टोल टोलमा पुर्याउने निर्णय गरेको छ ।

प्रदेश कमिटी सदस्य मनोज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा पौडेलले प्रचण्ड बिदेशीको चलखेल र दबाबमा परेर एमालेलाई धोका दिएको बताउनु भयो ।

उहाँले हिजो देउवाले प्रचण्डलाई मिलक्याउदा एमालेले उद्घार गरेर प्रधानमन्त्री बनाएको स्मरण गर्दै धोकेबाजि गर्ने प्रचण्डको अब दिन गन्ती सुरु भएको दाबी गर्नु भयो । माओबादिले हिजो सन्चालन गरेको जनयुद्ध प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि मात्रै भएको पुष्टि भएको बताउनु भयो ।

कार्यक्रममा वडा अध्यक्ष मनोज कुमार रायको सभापतित्वमा र होमनाथ पण्डितले स्वागत गर्नुभएको कार्यक्रममा प्रदेश कमिटी सदस्य राज महम्मद राय,जिल्ला कमिटि सदस्यहरु रुस्तम अन्सारी,निर्वाचित वडा अध्यक्ष श्यामबाबु खा लगायतको उपस्थिति रहेको थियो ।त्यसैगरी वडा नम्बर २ मा केन्द्रिय प्रतिनिधि अरबिन्द सिहको प्रमुख आतिथ्य तामा बैठक सम्पन्न भएको छ ।

बैठकमा प्रदेश कमिटी सदस्य देबनारायाण चौधरी,सुन्दर बिक लगायतको उपस्थिति रहेको थियो ।त्यसैगरी वडा १४ मा पनिबैठक सम्पन्न भएको छ । मिसन ग्रासरुट अभियान अन्तर्गत जितपुरसिमरा अन्तर्गत वडा नम्बर १,,८,९,१०,११,१८,१९,२०,२१,२२ मा आज बैठक सम्पन्न भएको छ । त्यसैगरी परसौनी २ ,५ परवानिपुर ५ मा बैठक सम्पन्न भएको छ ।


सम्बन्धित समाचार