Logo

१० भदौ, काठमाडौँ । सरकारले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन देशका २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त प्रस्तावलाई मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको छ ।

गृह मन्त्रालयका अनुसार, सेवाग्राहीलाई छिटो, सरल र नजिकमै सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले ठूलो संख्यामा एकै पटक नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्न लागिएको हो ।

मन्त्रालयले जनसंख्या घनत्व, भौगोलिक दूरी तथा पहुँचमा देखिएको असमानतालाई मुख्य आधार मानेर २३ जिल्लामा नयाँ कार्यालय खोलिने जनाएको छ। यसले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका नागरिकलाई सुविधा पुगोस् भन्ने लक्ष्य राखिएको छ ।

गृह मन्त्रालयले आगामी दिनमा थप जिल्लामा पनि इलाका प्रशासन कार्यालय विस्तार गर्ने योजना बनाएको छ। नीतिगत तथा कानुनी सुधारलाई प्राथमिकतामा राख्दै गृहमन्त्री रमेश लेखकले नागरिकलाई सहज, सरल र पारदर्शी सेवा उपलब्ध गराउन मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।


सम्बन्धित समाचार