११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।
न्यायाधीश सागर विष्टको इजलासले बुधबार यस्तो आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लागेको आरोपमा लामिछानेले बिगो तिरेर रिहा हुन पाऊँ भन्दै उच्च अदालतमा निवेदन दिएका थिए । यसअघि उनले यस्तै मागसहित रुपन्देही जिल्ला अदालतमा पनि निवेदन दिएका थिए, तर त्यहाँ उनको माग अस्वीकार भएको थियो । अब कैफियत प्रतिवेदन आएपछि मात्रै यस मुद्दाको अर्को सुनुवाइ हुनेछ।















