Logo

२० फागुन,सेढवा ।पटेर्वासुगौली गाउपालिका वडा नं ४ को वडाकार्यालयको भवनको शिलान्यास गरिएको छ। गाउपालिकाको चालू आर्थिक बर्षको ७० लाख रुपैयाको लगानीमा सो वडाकार्यालयको भशन निर्माण हुने पालिकाले जनाएका छन।

सो भवनको शिलान्यास पालिका अथ्यक्ष दिनेश कुमार.चौधरीले गरेका छन। सो कार्यक्रममा स्थानिय बुद्धिजीवी, समाजसेवी तथा जनप्रतिनिधिहरको उपस्थिति रहेका थिए।

त्यस्तै गरी जगरनाथपुर र.पटेर्वासुगौली गाउपालिकाको दोसाधमा रहेका भहुवाही.खोलामा उत्पन्न भएका भगवान सोमेश्वरनाथको मन्दिरको शिलान्यास गरिएका छन। मन्दिरको शिलान्यास पटेर्वासुगौली गापाका अध्यक्ष दिनेश कुमार चौधरीले गरेका थिए।

कार्याक्रममा जगरनाथपुर गापाका अध्यक्ष श्रीकान्त यादव , पटेर्वासुगौली गापाका उपाध्यक्ष ममता महतोको सहभागिता रहेका थिए। मन्दिर भक्तजनको चन्दा सहयोग र पालिकाको आर्थिक सहयोगबाट निर्माण हुने जनाएका छन।


सम्बन्धित समाचार