१५ भदौ,काठमाडौं। संघीय संसद अन्तर्गतका दुई महत्त्वपूर्ण संसदीय समितिहरूको बैठक आज बस्दैछ। आज (आइतबार) बिहान प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजे सुरु हुनेछ। यो बैठकमा जलविद्युत् आयोजनाहरूको वातावरणीय प्रभाव मूल्याङ्कन (भ्क्ष्ब्) प्रतिवेदनमा देखिएका समस्याहरूबारे छलफल हुनेछ। विशेषगरी, हाइड्रोपावरहरूको वातावरणीय व्यवस्थापन योजना परिमार्जन गर्ने विषयमा देखिएको जटिलताबारे वन तथा वातावरण मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गरिनेछ।
त्यस्तै, बिहान ८ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। यस बैठकमा महत्त्वपूर्ण मानिएको सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यक्रम रहेको छ।















