Logo

१५ भदौ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि आज उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ।

पार्टीका प्रवक्ता मनीष झाका अनुसार उम्मेदवार चयन तथा अन्य राजनीतिक एजेन्डामाथि छलफल गर्न आज दिउँसो १:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा रास्वपाको सचिवालय बैठक बस्नेछ।

बैठकमा रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी मूल्यांकन तथा प्रवास विशेष अभियानलगायत विषयमा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्।

हालसम्म रास्वपाभित्र उक्त निर्वाचन क्षेत्रका लागि नौ जना आकांक्षीको नाम अगाडि आएको छ। तीमध्ये एक जनालाई अन्तिम उम्मेदवारका रूपमा चयन गरिनेछ।

रुपन्देही–३ मा उपनिर्वाचन प्रतिनिधिसभा सदस्य एवं नेकपा एमाले नेता लक्ष्मी पाण्डेको निधनपछि हुन लागेको हो। यो निर्वाचनलाई सत्तारूढ गठबन्धन र विपक्षी गठबन्धन दुवैले प्रतिष्ठाको विषय बनाएका छन्।


सम्बन्धित समाचार