Logo

१५ भदौ, काठकाडमौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भिजिट भिसा प्रकरणको छानबिनका लागि सरकारले उच्चस्तरीय आयोग गठन नगरे सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

उनले यस मुद्दामा सरकार गम्भीर नभए संसद अवरोधलाई निरन्तरता दिने र आवश्यक परे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग मिलेर आन्दोलन गर्ने बताएका छन् । आइतबार झापामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले यस प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेका छन्। उनले भने, ‘यदि गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गर्नुहुन्न भने पनि आयोग त गठन हुनुपर्यो नि ? उनले सरकारले यस विषयलाई बेवास्ता गरेकोमा आक्रोश व्यक्त गर्दै नेपाली जनताले यो सबै हेरिरहेको बताएका छन् ।

राप्रपा र रास्वपा दुवैले संसदमा भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै आएका छन्। यस मुद्दालाई लिएर संसदमा लगातार अवरोध हुँदै आएको छ, र अब यो विरोध सडकमा पनि देखिने सम्भावना बढेको छ।


सम्बन्धित समाचार