Logo

१५ भदौ,काठमाडौं । संघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनको थियानचिन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच साइडलाइन भेटवार्ता भएको छ।

दुई नेताबीच एससीओ सम्मेलनस्थलको हलमा छोटो समयका लागि अनौपचारिक कुराकानी भएको हो।
भेटपछि भारतीय प्रधानमन्त्री मोदीले आफ्नो एक्स (पूर्व ट्वीटर) अकाउन्टमार्फत् दुवै नेताले मुस्कुराएको तस्बिर सार्वजनिक गर्दै नेपाल–भारत सम्बन्धबारे सकारात्मक टिप्पणी गरेका छन्।

मोदीले लेखेका छन्, “चीनको थियान्चिनमा नेपालका प्रधानमन्त्री केपी ओलीसँग भेट हुँदा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्तै विशेष छ।”

दुई नेताबीचको यस भेटलाई द्विपक्षीय सम्बन्धमा निरन्तर संवादको संकेतका रूपमा हेरिएको छ।
हाल एससीओ सम्मेलनमा सहभागी सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच साइडलाइन वार्ताहरू जारी रहेका छन्।

प्रधानमन्त्री ओलीको यो भ्रमणले नेपालको कूटनीतिक सक्रियता र बहुपक्षीय सहयोगमा संलग्नता थप बलियो बनाउने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार