Logo

१६ भदौ,काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले देशभर सञ्चालन गरिरहेको जनजागरण अभियानअन्तर्गत आज विराटनगरमा कार्यक्रम हुने भएको छ। मोर्चाले संघीयता, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न गठनको उद्देश्य, आवश्यकता र औचित्यबारे जनमानसमा स्पष्टता ल्याउने उद्देश्यले अभियान सुरु गरेको हो।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, विराटनगरको अतिथि सदनमा सोमबार हुने कार्यक्रममा मोर्चासम्बद्ध पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

जनताको बीचमा संघीय लोकतान्त्रिक प्रणालीको महत्व र त्यसको रक्षा गर्नुपर्ने आवश्यकता प्रवाह गर्न मोर्चाले विभिन्न शहरमा कार्यक्रम गरिरहेको छ। यसअघि मोर्चाले प्रदेश २ लगायतका क्षेत्रमा अभियान सञ्चालन गरिसकेको थियो।
मोर्चाले आगामी दिनमा जनजागरण अभियानलाई अझ तीव्र बनाउँदै भदौ १८ गते राजविराज, २० गते जनकपुर र २२ गते वीरगञ्जमा कार्यक्रम गर्ने कार्यतालिका तय गरेको बस्नेतले जानकारी दिए।

संघीय लोकतान्त्रिक मोर्चामा समावेश दलहरूले नेपालको राजनीतिक परिवर्तनमा योगदान पु¥याएका मुद्दाहरूको संरक्षण र प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन्।


सम्बन्धित समाचार