१६ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ बाट उमेदवारका रूपमा चयन गरेको डा.लेखजंग थापालाई लिएर पत्रकार सम्मेलन स्थगित गरेको छ ।
बहुविवाह र आन्तरिक बैठकको भिडियो रेकर्ड गरेको आरोप लागेपछि पार्टीले यो निर्णय गरेको हो । रास्वपा प्रवक्ता मनिष झाका अनुसार आज दिउँसो २ बजेका लागि तय भएको पत्रकार सम्मेलन स्थगित गरिएको छ । आइतबारको सचिवालय बैठकबाट थापालाई उमेदवार बनाउने निर्णय गरिएको थियो । तर, उक्त निर्णय सार्वजनिक भएलगत्तै थापाले दुई विवाह गरेको र पार्टीको आन्तरिक छलफलमा क्यामेरा जडित चस्माबाट भिडियो रेकर्ड गरेको आरोप बाहिर आएको थियो । यस घटनाले रास्वपाभित्र आन्तरिक विवाद र उमेदवार छनोट प्रक्रियामाथि प्रश्न उठेको छ।















