Logo

काठमाडौं, १८ भदौ . प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङमा आयोजित एक विशेष सैन्य परेडमा सहभागी भएका छन्  ।

यो परेड दोस्रो विश्वयुद्धको विजय उत्सवको ८० औं वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको थियो  । प्रधानमन्त्री ओलीले चीन सरकारको निमन्त्रणामा कार्यक्रममा भाग लिएका हुन्  । यस समारोहमा रुस, उत्तर कोरियालगायत विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखहरू पनि सहभागी थिए ।  यो सहभागिताले नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री ओली परेड सकिएपछि चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको दिवाभोजमा सरिक भए। चीनको औपचारिक भ्रमण सकाएर आजै प्रधानमन्त्री ओली नेपाल फर्कदै छन् ।

 


सम्बन्धित समाचार