Logo

२२ फागुन,वीरगञ्ज । पर्साको ग्रामीण भेगको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको जिराभवानी मन्दिर परिसर फोहरले दुर्गन्धित बनेको छ । महाशिवरात्रिका दिनदेखि लागेका मेलामा फालिएका प्लास्टिक, कागज, बोतल लगायतका फोहर व्यवस्थापन हुन नसक्दा सो क्षेत्र फोहोरले दुर्गन्धित मात्रै नभई कुरुप पनि बनेको छ ।

मेला सम्पन्न भएको १० दिन बितिसक्दा पनि सरसफाई नहुँदा फोहरबस्तु कुहिएर दुर्गन्धित बनेको हो । मन्दिर परिसर दुर्गन्धित भएपछि सो क्षेत्रमा झिंगा भन्किन थालेको सोही स्थानमा पसल थापेको अग्निदेव गौरोले बताउनुभयो । दुर्गन्धले झिंगा भन्किएका कारण मन्दिर परिसरमा बस्न तथा आवागमन गर्न समेत कठिन भएको गौरोको भनाई छ ।

मन्दिर परिसरमै रहेका बोर्डर आउट पोष्ट जिराभवानीका प्रमुख शस्त्र प्रहरी निरिक्षक रमेश शाखःका अनुसार पोष्ट आसपासका केही क्षेत्रमा शस्त्र प्रहरी जवान लगाएर सरसफाई गरेको बताउनुभयो । झिंगाका कारण उठबस गर्न तथा खाना खान समेत समस्या भएको सशस्त्र प्रहरी निरीक्षक शाखःले बताउनुभयो ।

झिंगा र दुर्गन्धका कारण हामी तथा आसपास बसोबास गर्ने बासिन्दाहरुको स्वास्थ्य समस्याका जोखिम बढेको बताउनुभयो । सरसफाईका लागि पालिकामा जानकारी गराउदा एक दिन केही चौकीदार आएर केही क्षेत्रलाई सरसफाई सरसफाई गरेको प्रनि शाखले बताए ।

यस सम्बन्धमा जिराभवानी मेला व्यवस्थापन तथा अनुगमन समितिका अध्यक्ष एवम् पालिका अध्यक्ष अनोज चौधरीले गाउँपालिकाको चौकीदार लगाई फोहर जम्मा गरिएको बताउनुभयो । होली सक्ने बितिकै फोहर उठाई अन्य ठाँउमा व्यवस्थापन गरिने अध्यक्ष चौधरीले बताउनुभयो ।


सम्बन्धित समाचार