Logo

२२ फागुन,वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर २ मा उज्यालो अभियान कार्यक्रम सञ्चालन गरिएको छ । युथ फर चेन्जको आयोजनामा हिजो ठोरीको गौतमनगरबाट उज्यालो अभियान सुरु गरिएको हो ।

औपचारिक कार्यक्रम गरी ठोरी–२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटालाई सडक पोलमा जडान गरिएका बत्ती हस्तान्तरण गरिएको हो । युथ फर चेन्ज ठोरीका अध्यक्ष छतेन्द्र आचार्यले वडाध्यक्ष सापकोटालाई बत्ती हस्तान्तरण गर्नुभएको हो ।

उज्यालो अभियान अन्तर्गत पहिलो फेजमा हिजो ३५ वटा बत्ती जडान गरिएको हो । यी बत्ती हुलाकी सडकदेखि चोकबजार हुँदै मेलटोल चोकसम्मका ३५ वटा पोलमा जडान गरिएको आचार्यले जानकारी दिनुभयो ।

युथ फर चेन्जको पहिलो कार्यक्रम अन्तर्गत पहिलो कार्यक्रम उज्यालो अभियान सञ्चालन गरिएको उहाँको भनाई छ । युथ फर चेन्जकै आयोजनामा आज होली मिलन समारोहको समेत आयोजना गरिएको छ । ठोरीको चोक बजारमा सांगीतिक कार्यक्रम सहित होली विषेश कार्यक्रम सञ्चालन गरिदैँछ ।


सम्बन्धित समाचार