Logo

२२ फागुन, बारा ।न्यायमा दृष्टिबिहिन बालबालिकाहरुको पहुँच पुरयाउँने उदेश्यले बाराको डुमरबानामा दुई दिवसीय तालिम प्रदान गरिएको छ ।नेत्रहिन महिला संघ नेपालको आयोजनामा भएको तालिममा बिद्यालयमा अध्ययनरत दृष्टिबिहिन बालबालिकाहरुलाई बालहिँसा ,दुब्र्यवहार र आत्मरक्षाको बिषयमा तालिम दिएको हो ।

नेत्रहिन महिला संघ नेपालका अध्यक्ष सिता सुबेदीले किशोरकिशोरी र महिलाहरुलाई जबसम्म हिँसाको प्रकृती ,हिँसा बिरुद्ध बनेका बिद्यमान राष्ट्रिय तथा अन्तराष्ट्रिय ऐन ,कानुनको बिषयमा जानकारी हुँदैन् तब सम्म उनीहरुको न्यायमा पहुँच नपुग्ने जिकिर गर्नुभयो ।

दृष्टिबिहिन महिलाहरु बढी हिँसाको सिकार हुने गरेका कारण उनीहरुको आर्थिक अवस्थामा सुधार गरी सशक्तिकरण गर्न सकेको खण्डमा आफुमाथि हुने बिभिन्न किसिमको भेदभाव तथा हिँसाको बिरुद्ध बोल्न सक्ने अध्यक्ष सुबेदीले बताउँनुभयो ।

तालिममा बिभिन्न किसिमको हिँसाबाट बच्न आत्मरक्षाकोलागि शैद्धान्तिक ज्ञान दिएको तर ब्यवहारिक ज्ञान उपमहानगरपालिकाले तालिमको आयोजना गरेर दिनुपर्ने आवश्यक्ता औल्याउँनुभयो । नेत्रहिन युवा संघ बाराका अध्यक्ष सुधिर चौधरीले बिभिन्न संघ संस्थाले उपलब्ध गराएको ज्ञानलाई ब्यवहारमा उतार्न सकेमा मात्र त्यसले दिने चाहेको उपलब्धिहरु हासिल गर्न सक्ने बताउँनुभयो ।

मधेस प्रदेश र प्रदेश नं.१ मा यो तालिम सञ्चालनमा रहेको छ । कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाका दुर्गा न्यौपाने ,नवराज ढुङ्गाना ,नेत्रहिन युवा संघका बारा जिल्ला अध्यक्ष कृष्ण तिमलसिना , मानव अधिकारकर्मी तथा सञ्चारकर्मी बिदुर खड्का लगायतको सहभागिता रहेको थियो ।

 


सम्बन्धित समाचार