१९ भदौ, काठमाडौं । सेयर बजारमा लगानीकर्ताहरूका लागि बिहीबारको दिन निराशाजनक रह्यो ।
नेप्से परिसूचक ६.५५ अंकले घटेर २७१९ अंकमा पुगेको छ । कारोबारको अन्तिम ४० मिनेटमा बजारमा केही सुधार देखिए पनि ‘रेड जोन’ बाट बाहिर आउन भने सकेन । आजको कारोबारमा कारोबार रकम बढेर ५ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार बढे पनि सेयर मूल्य बढ्ने कम्पनीभन्दा घट्ने कम्पनीहरूको संख्या धेरै देखियो । आज ८५ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घट्यो भने एउटा कम्पनीको मूल्य स्थिर रह्यो ।
समूहगत प्रदर्शन
आज सबैजसो समूहका सूचकहरू १ प्रतिशतभन्दा कमले घटेका छन् । बैंकिङ ०.३१ प्रतिशत, विकास बैंक ०.३८ प्रतिशत, फाइनान्स ०.३७ प्रतिशत, र जीवन बीमा ०.३९ प्रतिशत ले घटेका छन् । यता, व्यापार समूह भने ०.५८ प्रतिशत ले बढेको छ ।
धेरै नाफा र नोक्सान कमाउने कम्पनी
आजको कारोबारमा हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशत ले बढेको छ । त्यसैगरी, विन्ध्यबासिनी हाइड्रोपावर र माथिल्लो मैलुङखोला जलविद्युत्को सेयर मूल्यमा पनि उल्लेख्य वृद्धि देखिएको छ ।
यता, बाराही हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.८३५ ले घटेको छ । त्यसैगरी, पिपुल्स पावर, दिव्यश्वरी हाइड्रोपावर, र ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि गिरावट आएको छ । कारोबार रकमका हिसाबले भने नेपाल पुनर्बीमा, विन्ध्यबासिनी हाइड्रोपावर, र हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेका छन् ।















