Logo

१२ साउन, काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा काठमाडौँको माइतीघरमा हिन्दुवादी सङ्गठनहरूले प्रदर्शन गरेका छन् । देवानगञ्ज–३ कप्तानगञ्जमा आयोजित साउने सोमबारको बोलबम यात्राका क्रममा दुई पक्षबिच विवाद भएपछि झडपको स्थिति सिर्जना भएको थियो ।

सप्तकोसी नदीतर्फ जाने तयारीका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समूहबिच भिडन्त भएको जनाइएको छ । सो क्रममा परिस्थिति नियन्त्रणमा लिन र झडप छुट्ट्याउन खटिएको प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो ।

प्रहरीको गोली लागेर नागरिकको ज्यान गएको भन्दै आक्रोशित बनेका प्रदर्शनकारीहरूले काठमाडौँको माइतीघर मण्डलामा भेला भई नाराबाजीसहित विरोध प्रदर्शन गरेका हुन् ।


सम्बन्धित समाचार