१२ असार, काठमाडौं । झापाको काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय कोठामा अध्यापनरत २९ वर्षीया शिक्षिका कविताकुमारी ढुङ्गाना मृत अवस्थामा भेटिएकी छन् ।
वैशाखदेखि सोही विद्यालयमा पढाउँदै आएका उनका श्रीमान् रतन गुप्ता भने बाहिरबाट ताला लगाएर दुईवटा झोला बोकेी फरार भएका छन् । साउन ५ गतेदेखिको बिदापछि सोमबार विद्यालय खुल्दा कोठामा ताला लागेको र दुवै जना अनुपस्थित पाइएपछि घटना बाहिर आएको हो ।
दिनभर सम्पर्कविहीन बनेका गुप्ताले साँझ प्रधानाध्यापकलाई ह्वाट्सएपमा सन्देश पठाउँदै श्रीमती झुन्डिएको अवस्थामा भेटिएकाले शव अर्को कोठामा सारेर डरले भागेको दाबी गरेका थिए ।
स्थानीयले भने उनलाई आइतबार साँझ नै झोला बोकेर निस्कँदै गरेको देखेका थिए । जिल्ला प्रहरी कार्यालय झापाले शवको पोस्टमार्टम गराउने तयारी गर्दै फरार श्रीमान्को तीव्र खोजी र घटनाको सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।




















