१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय सुनुवाइ समितिको सभापति पदमा मनोनयन दर्ता गरेका छन् ।
केही समयअघि मात्र नैतिक प्रश्नमा राजीनामा दिएका खतिवडालाई कांग्रेसले फेरि एक महत्वपूर्ण जिम्मेवारी दिने निर्णय गरेको हो । साउन २८ गते खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका थिए । संघीय निजामती सेवा विधेयक, २०८० मा ‘कुलिङ अफ पिरियड सम्बन्धी प्रावधानमा छेडखानी गरेको भन्दै संसदीय विशेष समितिले उनलाई नैतिक रूपमा जिम्मेवार ठहर्याएपछि उनले राजीनामा दिनुपरेको थियो ।
यो घटनाले राजनीतिक वृत्तमा नैतिकता र जिम्मेवारीका विषयमा नयाँ बहस सिर्जना गरेको छ । राजीनामा दिएको छोटो समयमै खतिवडालाई अर्को महत्वपूर्ण संसदीय समितिको सभापति बनाउने कांग्रेसको निर्णयलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।















