१९ भदौ, काठमाडौं। सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुने दोस्रो विधान महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदनमाथि छलफल गर्न बैठक बसेको हो। बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र सांगठनिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ।
यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता नदिनेबारे केन्द्रीय कमिटीले गरेको निर्णयमा दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले राखेको फरक मतलाई विधान महाधिवेशनमा छलफल गराउने वा नगराउने भन्ने विषयमा पनि छलफल हुनेछ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।















