Logo

२० भदौ, काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन पुगेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकारहरूसँगको सवाल–जवाफमा रोचक अवस्था सिर्जना भएको छ।

कार्यक्रमस्थलमा प्रवेश गर्दै गर्दा एक पत्रकारले सोधे, ‘फेसबुक बन्द भइहाल्यो, फोटोहरू त खिचियो, अब केमा हाल्ने?

पत्रकारको अप्रत्याशित प्रश्नमा मन्त्री गुरुङले जवाफ दिए, “फेसबुकबाहेक अरू पनि छन् नि त।” तर, पत्रकारले फेरि प्रश्न तेर्स्याए, “२६ वटा बन्द छन्, केमा हाल्नु र ?” जवाफमा मन्त्री गुरुङले भने, “भाइबरमा हाल्नुस् । अरू पनि ५–७ वटा छन् ।” सरकारले नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेपछि यस विषयमा राजनीतिक तथा सामाजिक वृत्तमा तीव्र बहस चलिरहेको छ। सरकारको यो कदमपछि नेपाल टेलिकम, एनसेल र वल्र्डलिङ्क जस्ता सेवा प्रदायकहरूले फेसबुक, इन्स्टाग्राम लगायतका २६ वटा सामाजिक सञ्जालहरू बन्द गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै