Logo

२० भदौ, काठमाडौं। एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणमा लामो समयदेखि फरार रहेका दुई जना दोषीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँका ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरका ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् । सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार, प्रधानलाई अदालतले ९ करोड २१ लाख ५० हजार रुपैयाँ जरिवाना र ७ वर्ष कैदको सजाय तोकेको थियो। त्यसैगरी, श्रेष्ठलाई २ करोड ५० लाख जरिवाना र ३ वर्ष कैदको फैसला भएको थियो। दुवै जना फैसलापछि फरार हुँदै आएका थिए ।

२०६९ सालमा बाहिर आएको यो घोटाला प्रकरणमा बैंकका कर्मचारीहरूको मिलेमतोमा ‘गुड फर पेमेन्ट’को नाममा ठूलो रकम हिनामिना भएको अनुसन्धानबाट खुलेको थियो ।


सम्बन्धित समाचार
भर्खरै