प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० भदौ, काठमाडौँ। सर्वोच्च अदालतले भ्रष्टाचारसम्बन्धी मुद्दाहरूलाई प्राथमिकतामा राख्दै आज चार वटा इजलासमा गरी कुल ११७ थान मुद्दाको पेसी तोकेको थियो ।

तीमध्ये ३० वटा मुद्दामा प्रत्यर्थी (विपक्षी) झिकाउने आदेश भएको छ। अदालतले दुई महिनाअघिदेखि नै घुससँग जोडिएका भ्रष्टाचार मुद्दाहरूलाई द्रुत गतिमा सुनुवाइ गर्नका लागि विशेष इजलासहरू गठन गर्दै आएको छ। २०७७ सालपछि दर्ता भएका यस्ता मुद्दाहरूलाई आज एक साथ पेसीमा राखिएको थियो।

आजको इजलासहरूमध्ये, न्यायाधीश कुमार रेग्मी र श्रीकान्त पौडेल को संयुक्त इजलासमा ३० थान, हरिप्रसाद फुयाँल र शान्तिसिंह थापा को इजलासमा २९ थान, कुमार चुडाल र नृपध्वज निरौला को इजलासमा २९ थान र तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गाना को इजलासमा २९ थान मुद्दा तोकिएको थियो।

यद्यपि, सबै मुद्दाको सुनुवाइ भने हुन सकेन। ७ वटा मुद्दा पुनरावेदक पक्षका कानुन व्यवसायीले स्थगित गराएका छन् भने बाँकी मुद्दाहरू ‘हेर्न नभ्याउने’ सूचीमा परेका छन्। यसले भ्रष्टाचार मुद्दामाथिको सुनुवाइले गति लिएको संकेत गरेको छ।

 

 

 

 


सम्बन्धित समाचार