प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

२० भदौ, काठमाडौं। यो साता नेपालको सेयर बजारमा ठूलो गिरावट आएको छ। साताभरिमा नेप्से परिसूचक ६२ अंकले घटेर २७१९ अंकमा झरेको छ, जुन गत दुई महिनायताकै सबैभन्दा कम बिन्दु हो । गत साता २७८१ अंकमा बन्द भएको बजार यो साता २.२२ प्रतिशतले घटेको छ। साउन १३ गते ३००२ अंकको उच्च बिन्दुमा पुगेको बजार त्यसयता निरन्तर ओरालो लागिरहेको छ।

यो साता कारोबार रकममा पनि कमी आएको छ। आइतबार ६ अर्ब ६ करोडको कारोबार भएकोमा क्रमशः घटेर मंगलबार ४ अर्ब ३८ करोडमा झरेको थियो। यद्यपि, बुधबार र बिहीबार कारोबार रकममा केही सुधार देखिएको छ।


सम्बन्धित समाचार