Logo

२१ भदौ,झापा । झापाको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृतक ६२ वर्षीय सोनुलाल मुर्मु हुन्, जो कचनकवल गाउँपालिका–६, पैनीटोला निवासी हुन्।

आज दिउँसो करिब १२ः२० बजे, स्थानीयवासीहरूले मेची खोलामा एक व्यक्ति बगिरहेको देखेपछि तत्काल उद्धार गरी बाहिर निकालेका थिए। तर, उद्धारपश्चात उनलाई मृत अवस्थामा फेला पारिएको प्रहरी नायब उपरीक्षक (प्रनाउ) खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार, मुर्मु भारतस्थित छोरीको घर जान मेची खोला तर्दै गर्दा डुबेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै